Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउन सुगर तथा बिभिन्न लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउकाठमाडौं, कंचनपुर जिल्लाको बेलडाँगी गाउँपालिका ५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने २२ बर्षिय झलक थापालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा ४ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका थापालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ बस्ने २६ बर्षिय बंशराज मुखिया, १८ बर्षिय बिमलेश कुमार कर्ण र सप्तरी जिल्ला राजविराज नगरपालिका ९ बस्ने १९ बर्षिय नितिक कुमार कर्ण छन् । भारतीय नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । त्यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित डाँडाबजार इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको से ४ प ९६७८ नम्बरको मोटरसाईकलमा सवार सोही नगरपालीका ५ बस्ने २६ बर्षिय नरेश खड्कालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका खड्कालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
ब्राउन सुगर तथा बिभिन्न लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउ
काठमाडौं, कंचनपुर जिल्लाको बेलडाँगी गाउँपालिका ५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने २२ बर्षिय झलक थापालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा ४ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका थापालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ बस्ने २६ बर्षिय बंशराज मुखिया, १८ बर्षिय बिमलेश कुमार कर्ण र सप्तरी जिल्ला राजविराज नगरपालिका ९ बस्ने १९ बर्षिय नितिक कुमार कर्ण छन् । भारतीय नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । त्यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित डाँडाबजार इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको से ४ प ९६७८ नम्बरको मोटरसाईकलमा सवार सोही नगरपालीका ५ बस्ने २६ बर्षिय नरेश खड्कालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका खड्कालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।