Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित हिमाली चोकबाट असोज २४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश कुँवरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १ स्थित छपकैया बाँसघारी ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजु बहादुर मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवा रामपुरबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ज १० प ७९९७ नम्बरकोे मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरिक्षक ध्रुब कुमार खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । त्यसबेला उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट सशस्त्र प्रहरी निरिक्षक सुवास कुमार के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ बाट असोज २४ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईटहरुवाकट्टीबाट सशस्त्र प्रहरी नायव निरिक्षक रबिन्द्र जङ्गको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित हिमाली चोकबाट असोज २४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश कुँवरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १ स्थित छपकैया बाँसघारी ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजु बहादुर मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवा रामपुरबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ज १० प ७९९७ नम्बरकोे मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरिक्षक ध्रुब कुमार खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । त्यसबेला उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट सशस्त्र प्रहरी निरिक्षक सुवास कुमार के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ बाट असोज २४ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईटहरुवाकट्टीबाट सशस्त्र प्रहरी नायव निरिक्षक रबिन्द्र जङ्गको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।