सशस्त्र प्रहरी नायव महानिरीक्षक चौधरीबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको समापन

07th August, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालित सि.सं. ३९ विशिष्ट व्यक्ति सुरक्षा तालिमको साउन २३ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक खडानन्द चौधरीले अन्तिम प्रवचन गर्नुभयो । सोही गणमा आयोजित तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक चौधरीले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विशिष्ट व्यक्तिको सुरक्षा चुनौतीपूर्ण एवं संवेदनशील कार्य भएको उल्लेख गर्नुहुँदै प्राप्त कार्यादेश बमोजिमको जिम्मेवारीलाई पेशागत दक्षता र कौशलयुक्त क्षमताका साथ सम्पन्न गर्न संगठनले विभिन्न व्यावसायिक तालिम संचालन गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक चौधरीले विशिष्ट व्यक्तिको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर संगठनले प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्दै आएको चर्चा गर्नुभयो । लक्षित उद्देश्य प्रातिका लागि फौजी संगठनमा मात्रै नभएर संसारका हरेक संगठन र संस्थाहरुमा कार्यप्रकृति बमोजिमका प्रशिक्षण कार्य संचालन हुने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक चौधरीले शारिरिक एवं मानसिक रुपमा चुस्त दुरुस्त रही आफ्नो काम कर्तव्यप्रति हमेसा दत्तचित्त रहदै व्यावसायिक दायित्व निर्वाहमा समर्पित रहन यस्ता तालिमले सशस्त्र प्रहरी कर्मचारीहरुलाई मार्गनिर्देश गर्ने बताउनुभयो । सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठनको नीतिनिर्देशन अनुसार सवल, सक्षम र दक्ष जनशक्ति उत्पादनमा जोड दिदै प्रशिक्षण कार्यलाई समयसापेक्ष परिमार्जित एवं व्यवहारिक ढंगबाट संचालन गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आठ हप्ता अवधिको सो तालिममा सशस्त्र प्रहरी बलका अधिकृत, विल्लादार तथा जवान गरी कूल ४६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक मनोज बहादुर चन्द प्रथम भएका छन् ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना