एपीएफ टोलीद्वारा लागूऔषधसहित दुईजना पक्राउ

15th June, 2017
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डाचोकबाट जेठ ३१ गते एपीएफ टोलीले विभिन्न किसिममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिलोतमा ११ रामनगर बस्ने ४४ वर्षिय खिमबहादुर कुवँर र ४१ वर्षिय हिमलाल पन्त छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका ६ सयवटा लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा लु.१६ प ३४२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट फेनारगन २ सयवटा, डाइजिपाम २ सयवटा, नोफिन १ सयवटा र टल्गेस्ट नामको १ सयवटा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।