गृहमन्त्री शर्माबाट सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय निरीक्षण तथा निर्देशन –

08th June, 2017
काठमाडौं, गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको बिहिबार निरीक्षण गर्नुभई सशस्त्र प्रहरी बल, नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । गृहमन्त्री शर्मा समक्ष सुरक्षा चुनौती, सशस्त्र प्रहरी बल, नेपालको परिचालन, श्रोतसाधन तथा जनशक्ति, नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा भएका कामकारवाही तथा निर्वाचनमा एपीएफको तैनाथी एवं बलका इकाईहरु, भौतिक पूर्वाधारको अवस्था, विपद् व्यवस्थापनमा भएका प्रयास, कल्याणकारी कार्य लगायतका विविध विषयमा विस्तृत रुपमा जानकारी गराइएको थियो । गृहमन्त्री शर्माले निरीक्षणपछि एपीएफ अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका लक्ष्य र उद्देश्यहरु स्पष्ट, व्यवस्थित र जनतासँग गाँसिने प्रयत्नबाट अभिप्रेरित रहेको आफूले पाएको चर्चा गर्नुहुँदै देश र जनताप्रति इमान्दार रहि राष्ट्रसेवामा थप सुदृढ, आत्मविश्वास र उच्च मनोवलकासाथ अगाडी बढ्न निर्देशन दिनुभयो । उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुहँुदै दोश्रो चरणको निर्वाचनमा समेत सुरक्षा चुनौतीलाई ख्याल गर्दै अझै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । लक्ष्यको हिसावले देश र जनताप्रति हामी सबैको साझा कर्तव्य र दायित्व रहने चर्चा गर्नुहुँदै गृहमन्त्री शर्माले भन्नुभयो–‘तपाईहरुको योगदान, त्याग र बलिदानलाई थप उचाइमा पु¥याउन तथा समग्र राष्ट्र र जनताको हितका खातीर सबै तहका अधिकृत जवानको सुझाव लिएर अगाडी बढिने छ ।’ उहाँले चेनअफ कमाण्डभित्र रहेर आएका गुनासो, पीरमर्का तथा समस्या समाधानको प्रयास गरिने समेत उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले साधनस्रोतको अभावका बाबजुद निर्वाह गरेको भूमिकाको प्रसंशा गर्नुहुँदै ऐनकानुनको परिधिभित्र रहेर संगठनलाई आवश्यक पर्ने साधनस्रोत उपलब्ध गरिने बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपालको भूमिका थप बढाउँदै सेवा विशिष्टिकरण र प्रविधिको प्रयोगमा ध्यानदिइने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारले अवलम्बन गरेका नीति निर्देशनलाई सशस्त्र प्रहरी बल, नेपालले अक्षरस पालन गर्दै अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सुरक्षा निकाय लगायत सरोकारवालाहरु बीच आपसी समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा कार्यलाई प्रभावकारी बनाउने कार्यमा संगठन दृढ रहेको बताउनुभयो । उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनलाई समेत सफलतापूर्वक सम्पन्न गर्न सशस्त्र प्रहरी बल, नेपाल आफूलाई प्राप्त जिम्मेवारी अझै त्रुटिरहित र उत्कृष्ट ढंगबाट पुरागर्न कटिबद्ध रहने उल्लेख गर्नुभयो । वर्तमान बदलिदो विश्व परिस्थितिसँगै सुरक्षा चुनौती र सुरक्षा अवधाराणहरु समेत समायानूकुल परिमार्जित र परिस्कृत हुँदै गईरहेको परिप्रेक्षमा सुरक्षा निकायहरु पनि सोही अनुरुप साधनस्रोत, तालिम, कार्यशैली लगायतका पक्षमा परिमार्जित हुनुपर्ने तथ्यलाई आत्मसाथ गर्दै संगठन आधुनिकिकरण, व्यावसायीकिकरण र साधनस्रोत सम्म्पन्न गर्नेतर्फ अग्रसर रहेको सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले तालुक मन्त्रालयको ओजस्वी नेतृत्वको दुरद्रष्टा र दृढ इच्छाशक्तियुक्त अभिभावकत्वमा सशस्त्र प्रहरी बल, नेपालले विकास, विस्तार र बृद्धिको अवसर प्राप्त गर्ने विश्वास समेत गर्नुभयो । कार्यक्रममा गृहसचिव लोकदर्शन रेग्मी, सो मन्त्रालयका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित एपीएफ इकाईका प्रमुखहरु लगायत अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE

2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08
चुनौति पूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-07
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको सूचना
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-13
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification