आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय

01st June, 2017
सुर्खेत, सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका १० मा जेठ १८ गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याइएका छन् । सोहि ठाउँ बस्ने भुपेन्द्र लामिछानेले संचालन गर्दै आएको न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टरमा विद्युतीय तार सर्ट भई सो आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल रक्तकाली गणबाट खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगेर आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव तीन करोड रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।