आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय

16th April, 2017
सुनसरी, सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ मा बैशाख २ गते राती भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रमा ल्याएका छन् । त्यसठाउँका विनोद अग्रवालले संचालन गरेकोे कपडा पसलमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव २० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सिद्धकाली गण पकलीबाट खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगी आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।