एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

20th March, 2017
पर्सा, सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले चैत्र ७ गते पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १६ बाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रक्सौल घर बताउने २२ वर्षिय मन्हा कुमार छन् । गस्तीमा खटिएको एपीएपफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज कुमारलाई नुफिन एक सय वटा र डाईजिपाम एक सय वटासहित पक्राउ गरेको हो । उनलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।