सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको प्रथम प्रवचन

19th March, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालन हुने सि.सं.३९ विशिष्ट व्यक्ति सुरक्षा तालिमको चैत्र ६ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेश श्रेष्ठले प्रथम प्रवचन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा विशिष्ट व्यक्तिको सुरक्षामा आउन सक्ने चुनौतीलाई सामना गर्न सक्षम र दक्षजनशक्ति उत्पादनका लागि यस्ता तालिम महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित रुपमा पुरागर्न व्यावसायीक तालिम सधै अपरिहार्य रहने उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलको म्याण्डेटभित्र पर्ने विशिष्ट व्यक्तिको सुरक्षामा परिचालित हुने जनशक्तिको लागि आवश्यक पर्ने यस किसिमका पेशागत प्रशिक्षणबाट प्रशिक्षार्थीहरुले बढि भन्दा बढि ज्ञान कौशल आर्जन गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले तालिमको महत्वबारे प्रकाश पार्नुहुँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञान, सिप र कलालाई उपयोग गर्दै कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट दायिन्व वहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाले धन्यवाद ज्ञापन तथा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतले तालिम सम्बन्धी योजना प्रस्तुत गर्नुभएको थियो । दुई महिना अवधिको सो तालिममा चार जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ४९ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।

RECENT NOTICE

2017-04-27
स.प्र.ज.हरुको स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS