भन्सार छली ल्याएको माछा एपीएफ टोलीद्वारा बरामद –

17th March, 2017
कपिलवस्तु, भन्सार छली ल्याइएको करीव ११ लाख ७० हजार रुपैयाँ बराबरको माछा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मर्यादापुर कपिलवस्तुबाट खटिएको एपीएफ टोलीले चैत्र ४ गते बरामद गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा ल्याउँदै गरेको माछा कपिलवस्तु जिल्लाको बेदौली ९ ननवाकचरीहवा भन्ने स्थानबाट एपीएफ टोलीले बरामद गरेको हो । अवैध रुपले नेपाल भित्र्याइएको माछासहितको युपी ५४ टी ३३६५ नम्बरको सो पिकअप गाडी सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको थियो । एपीएफ टोलीले बरामद माछा गाडीसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ ।