एपीएफ टोलीद्वारा लागूऔषधसहित चार जना पक्राउ –

17th March, 2017
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित मिलनचोकबाट चैत्र ३ गते विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुलाई कोरेक्स ४ बोतल, नाइट्रोभेट ट्याब्लेट ४५ वटा, स्पास्मो ट्याब्लेट ८ वटा र ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । सो ठाउँमा एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउदै गरेका ती व्यक्तिहरुको साथमा उक्त लागूऔषध फेला परेको थियो । त्यसवेला उनीहरुले प्रयोग गरेको से.२ प ४५३५ नम्बर र ना.४० प ९५१६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । एपीएफ टोलीले उनीहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।