एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

16th February, 2017
काठमाडौं, झापा जिल्लाको गौरदह नगरपालिका १ बेलडाँगी चोकमा फागुन ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, तथा स्थानीय वासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोहि ठाउँमा रहेको देवराज लिम्बुको काठले बनाएको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा सुन, चाँदी, नगद, खाद्यान्न, चौपाया लगाएतको मालसामान जलेर नष्ट भई करीब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश बैगुनधाराबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी झापा जिल्लाको दमक नगरपालिका ५ मा फागुन ४ गते राति भएको आगलागी एपीएफ टोली र स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोहि ठाउँमा रहेको कमल काम्बाङको घरमा अचानक आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल भुटानी शरणार्थी शिविर सुरक्षा वेश बलेडाँगीबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा जुटेको थियो । सो आगलागीबाट करीव पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।

RECENT NOTICE

2017-04-27
स.प्र.ज.हरुको स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS