एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

06th January, 2017
सप्तरी, सप्तरी जिल्लाको तिलाठी ९ बेलीस्थित मोहमद अब्दुल मियाँको घरमा पौष २१ गते राति भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीबाट सशस्त्र प्रहरी निरीक्षक जिवेशकुमार पाण्डेको कमाण्डमा खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको थियो । निज मियाँको गाई गोठमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा अन्य तीन वटा घर तथा घरमा रहेको अन्नपात तथा लत्ताकपडा जली करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।