[2067-04-14]
सिरहा, सिरहा जिल्लाको चन्द्रलालपुर ६ स्थित मैनबत्तीखोला भन्ने स्थानबाट गएराति एपीएफ टोलीले अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकाउ ७ बस्ने शिवशंकर दास, इमरान खान, माइकल शर्मा, राजु शर्मा, जयप्रकाश सिहं र भारतको मधुवनी जिल्ला घर बताउने सत्यनारायण दास रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले हिजोराति करीव पौने ११ वजे दर्ुइथान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई उक्त हतियारसहितै आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीलाई बुझाएको छ ।