[2067-04-12]
बारा,
बारा जिल्लाको करैया गाविस ८ स्थित काँसघाट भन्ने स्थानबाट एपीएफ टोलीले करीव सात लाख रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।
त्यसठाउँमा अवैध रुपले लुकाइछिपाई राखेको उक्त मूल्य बराबरको करीव सातसय क्यूफिट सालको गोलिया तथा चिरान काठ सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी तथा वन कर्मचारीले हिजो बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद काठ हिजै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा वेस निजगढबाट खटिएको एपीएफ टोलीले हिजोसाँझ सोही जिल्लाको निजगढबाट सालको तीनवटा गोलिया काठ तथा तीनवटा टायरगाडासमेत बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।