काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फर्म्ड पुलिस युनिटको रुपमा कार्य गर्न छनोट भएका एपीएफ अधिकृत तथा जवानहरुको लागि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान ककनीमा संचालित सि.सं.१४ अनमिल मिसन अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
उक्त तालिमको आज सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णबहादुर बिष्टले अन्तिम प्रवचन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बिष्टले त्यसअवसरमा संगठनलाई प्राप्त हरेक जिम्मेवारी उत्कृष्ट ढंगबाट पुरागर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु सक्षम रहेको चर्चा गर्नुहुँदै राष्ट्रिय तथा अन्तर्रर्ााट्रय क्षेत्रमा संगठनको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले व्यावसायीक दायित्व निर्वाह गर्नको लागि ज्ञानकौशलयुक्त एवं दक्ष जनशक्ति सधैं अपरिहार्य रहने बताउनुहुँदै तालिमबाट हासिल गरेको सीपकलालाई व्यवहारमा उपयोग गर्दै सेवा प्रदान गर्न सधैं कटिबद्ध रहनुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालाले राष्ट्र र संगठनको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएर शान्तिस्थापनार्थ कार्यगर्दा सधैं बफादार एवं कर्तव्यनिष्ठ भएर जिम्मेवारी वहन गर्नुपर्ने बताउनुुभयो ।
तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक खडानन्द चौधरीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यक्षेत्रमा आउने चुनौतीको सामना गर्दै कार्यगर्न सक्ने क्षमताको विकासमा प्रशिक्षण कार्यलाई केन्द्रित गरिएकोले प्रशिक्षार्थीहरु समस्या समाधानमा कुशल ठहरिने विश्वास व्यक्त गर्नुभयो ।
गत जेठ २३ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी उपरीक्षकद्वय बसन्तकुमार बानियाँ र चन्द्रप्रकाश गौतमसहित कूल दर्ुइसय ४० जना एपएपिm अधिकृत तथा जवानहरु सहभागि थिए । |