apf
apf
2067-Bhadra-20, Sunday

ARCHIEVE:- Baishak | Jestha | Asar | Sharwan | Bhadra | Aswin | Kartik | Mangsir | Poush | Magh | Falgun | Chaitra


[2067-04-14] :: एपीएफ टोलीद्वारा वेवारिसे अवस्थामा दर्ुइवटा मोटरसाइकल बरामद
बाँके, सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट जमुनाहबाट गस्तीमा खटिएको एपीएफ टोलीले हिजो वेवारिसे अवस्थामा दर्ुइवटा मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल करीव ५० हजार रुपैयाँ बराबरको रहेको छ ।
बाँके जिल्लाको नेपालगंजस्थित कारकाँदो चोकमा वेवारिसे अवस्थामा फेलापरेको भे.२ प ८९०८ र भे.१ प ५५३३ नम्बरको उक्त मोटरसाइकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि जमुनाह भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी चोरीपैठारीको करीव २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा, र्टच लाइट, सलाई, बिस्कुटलगायतको सामान सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस वीरगंजबाट खटिएको एपीएफ टोलीले हिजो वीरगंजबाट बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
posted on 30 Jul 10 @ 18:49 back to news