काठमाडौँ,
सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोट भक्तपुरमा संचालित सि.सं. १२ विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक देवेन्द्रकुमार सुब्बाले उक्त तालिमको आज आयोजित समापन कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुब्बाले त्यसअवसरमा संगठनलाई प्राप्त जिम्मेवारी मध्ये विशिष्ट व्यक्तिको सुरक्षा अत्यन्तै महत्वपर्ूण्ा एवं संवेदनशील कार्य भएको उल्लेख गर्नुहुँदै त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न तालिमले सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले यस्ता व्यावसायीक प्रशिक्षणबाट प्रशिक्षाार्थीहरुको कार्यदक्षता र सीपकौशलमा अभिबृद्धि हुने चर्चा गर्नहुँदै तालिमको दौरानमा हासिल गरेको ज्ञान अनुभवले कार्यक्षेत्रमा अपेक्षाकृत उपलब्धी प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्ुगाप्रसाद भट्टर्राईले धन्यवाद ज्ञापनको क्रममा तालिमले सशस्त्र प्रहरी कर्मचारीलाई अझै चुस्त र दुरुस्त ढंगबाट जिम्मेवारीबोधका साथ कर्तव्यपालना गर्न अभिपे्ररित गर्ने बताउनुभयो ।
तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी निरीक्षक उत्तम पुडासैनीले त्यसअवसरमा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनको तत्ववाधानमा संचालित ६ हप्ता अवधिको उक्त तालिममा कूल २६ जना प्रशिक्षार्थीहरु सहभागि थिए । |