र्सलाही,
अवैध रुपले ल्याइएको करीब तीन हजार ६ सय ९६ वटा कुखुराको चल्ला र्सलाही जिल्लाको खुटौना गाविसको भाँडसर भन्ने स्थानबाट एपीएफ टालीले आज बरामद गरेको छ । उक्त कुखुरासहित दर्ुइवटा भारतीय गाडीसमेत त्यसवेला एपएएिफ टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट खुटौनाबाट गस्तीमा खटिएको एपीएफ टोलीले कुखुराको उक्त चल्लासहितको गाडी बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद कुखुरा तथा गाडी आवश्यक कारवाहीको लागि आजै स्थानीय पशु क्वारेन्टाइन कार्यालयमा बुझाएको छ ।
यसैगरी रौतहटको कनकपुर ८ बाट आज विहान एपीएफ टोलीले एक हजार ६ सयवटा कुखुराको चल्ला बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय पशुसेवा कार्यालयमा बुझाएको छ ।
कुखुराको उक्त चल्ला सशस्त्र प्रहरी बल सुरक्षा वेस जंगलसैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको थियो । |