काठमाडौं,
अवैध रुपले चोरीपैठारी गरी ल्याइएको करीव ५३ हजार रुपैयाँ बराबरको चिनी, जुत्ता तथा स्टेशनरीको सामान पर्सर्ााजल्लाको वीरगंजस्थित श्रीरामहल इलाकाबाट एपीएफ टोलीले बरामद गरेको छ ।
उक्त सामान सशस्त्र प्रहरी बल सुरक्षा वेस वीरगंजबाट सशस्त्र प्रहरी निरीक्षक हेमकुमार जिसीको कमाण्डमा खटिएको एपीएफ टोलीले हिजो वेलुका बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सर्ाा बुझाएको छ ।
यसैगरी चोरीपैठारीको करीव २७ हजार रुपैयाँ बराबरको चिनी तथा स्टेशनरीको सामान पर्सर्ाा भगुवा क्षेत्रबाट एपीएफ टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस वीरगंजबाट खटिएको एपीएफ टोलीले हिजो बरामद गरेको उक्त सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । |