apf
apf
2067-Bhadra-20, Sunday

ARCHIEVE:- Baishak | Jestha | Asar | Sharwan | Bhadra | Aswin | Kartik | Mangsir | Poush | Magh | Falgun | Chaitra


[2067-04-12] :: रेडियो संचार तालिम संचालन
काठमाडौं,
प्रविधिको विकाससँगै संगठनमा उपलब्ध विभिन्न किसिमका संचार साधनहरुलाई सही सदुपयोग गरी कसरी छिटो र छरितो रुपमा खबर आदनप्रदान गर्न सकिन्छ भन्ने कुराको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान गराउने अभ्रि्रायले सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवामा रेडियो संचार तालिम संचालन गरिएको छ ।
एक महिनासम्म संचालन हुने उक्त तालिममा सो गणलगायत विभिन्न इकाईहरुमा कार्यरत ३९ जना एपीएफ अधिकृत, विल्लादार तथा जवानहरु सहभागि छन् ।
उक्त तालिमको मध्ये क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक ऋषभदेव भट्टर्राईले सो गणमा आयोजित कार्यक्रमकावीच प्रथम प्रवचन गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टर्राईले त्यसअवसरमा वृत्तिविकास र क्षमता अभिबृद्धिको लागि पेशागत तालिम अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुहुँदै तालिमको दौरानमा सिकेको सीपकलालाई कार्यक्षेत्रमा कार्यान्यवन गरी उत्कृष्ट खालको सेवा प्रदान गर्न सकेमा मात्र तालिमको र्सार्थकता झल्किने बताउनुभयो ।
उहाँले तालिम प्राप्त दक्षजनशक्ति जुनसुकै कार्यक्षेत्रमा खटिदासमेत उच्चमनोवल र आत्मविश्वासका साथ दायित्व निर्वाह गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्र र नागरिकको सुरक्षार्थ अनवरत रुपले समर्पित रहिरहने सशस्त्र प्रहरी कर्मचारीले प्रचलित कानूनी दायराभित्र रही संगठनको छवि अझै उच्च हुने ढंगबाट कुशलतापर्ूवक जिम्मेवारी पुरागर्न तालिमको अहम भूमिका रहने सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टर्राईले बताउनुभयो ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनको तत्ववाधानमा सचालन हुने चौथो ग्रेडस्तरको सि.सं.१६ रेडियो संचार तालिममा प्रशिक्षार्थीहरुलाई संगठनमा हाल प्रयोग भईरहेका संचार साधनबारे जानकारी गराइने त्यसअवसरमा उल्लेख गरिएको थियो ।
सोही गणमा संचालित सि.सं.८१ बिल्लादार वेसिक तालिमको सशस्त्र प्रहरी नायव महानिरीक्षक ऋषभदेव भट्टर्राईले सोमबार समापन गर्नुभएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल भद्रकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक चिरञ्जीवी कुँवरले प्रशिक्षार्थीहरुले तालिमलाई दक्षता र सीपको विकास गर्ने अवसरको रुपमा लिई बढीभन्दा बढी फलदायी बनाउन अनुशासित एवं लगनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
बाह्र हप्ता अवधिको उक्त तालिममा कूल ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहको थियो ।
posted on 28 Jul 10 @ 20:41 back to news