apf
apf
2067-Bhadra-20, Sunday

ARCHIEVE:- Baishak | Jestha | Asar | Sharwan | Bhadra | Aswin | Kartik | Mangsir | Poush | Magh | Falgun | Chaitra


[2067-04-12] :: विभिन्न किसिमका चोरीपैठारीको सामान एपीएफ टोलीद्वारा बरामद
काठमाडौं,
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण्र्ााापामगरको कमाण्डमा खटिएको एपीएफ टोलीले हिजो करीव एक करोड रुपैयाँ बराबरको चोरीपैठारीको रसायनिक मल बरामद गरेको छ ।
धनुषा जिल्लाको यज्ञभूमि ९ स्थित बालुवाखोला भन्ने स्थानबाट एपीएफ टोलीले उक्त मूल्य बराबरको एक हजार दर्ुइसय ७५ बोरा युरिया मल तथा चारसय ६६ बोरा डिएपी मलसहितको पाँचवटा ट्रकसमेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद रसायनिक मलसहित उक्त पाँचवटै ट्रक हिजै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल पाथिभरा गण झापाबाट खटिएको एपीएफ टोलीले हिजो दिउँसो स्थानीय लखनपुर गाविसस्थित पर्ूव-पश्चिम राजमार्गबाट करीव एक लाख ७२ हजार रुपैयाँ बराबरको चोरीेपैठारीको सर्ुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
सो गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण तोलाङ्गीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा सवारी साधनमा जाँचगर्ने क्रममा मे.१ प ६३२ र मे.१ ज ८५३ नम्बरको जीपमा गुट्खा, बिँडी, सर्ुर्तीलगायतको सामान फेलापारेको हो ।
त्यसवेला एपीएफ टोलीको साथै स्थानीय राजस्व अनुसन्धान कार्यालयका कर्मचारीसमेत खटिएका थिए । बरामद सामाग्री एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
यसअघि हिजो विहान सोही गणबाट खटिएको एपीएफ टोलीले झापाकै चारआलीबाट झण्डै ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा, टेलिभिजन तथा किराना सामान बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको थियो ।
यसैगरी भन्सार छली ल्याइएको करीव ५२ हजार रुपैयाँ बराबरको रसायनिक मल बाँके जिल्लाको कोहलपुरबाट एपीएफ टोलीले आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बागेश्वरी गण शम्शेरगंजबाट खटिएको एपीएफ टोलीले त्यसठाउँमा सवारी साधन जाँच गर्दा उल्लेखित रुपैयाँ बराबरको ३४ बोरा युरिया मल बरामद गरेको हो ।
नेपालगंजबाट तुलसीपुरतर्फआउँदैगरेको भे.१ ख ११४५ नम्बरको बसमा फेलापरेको उक्त रसायनिक मल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।
यसैगरी पर्सर्ााे वीरगंजबाट एपीएफ टोलीले आज करीव २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भाँडावर्तन, चिनी तथा सर्ुर्तीजन्य वस्तु बरामद गरेको छ । बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा बेस वीरगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको थियो ।
यसअघि हिजो सोही वेसबाट गस्तीमा खटिएको एपीएफ टोलीले पर्सर्ाा भगुवा इलाकाबाट करीव ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले हिजो नवलपरासी जिल्लाको भुजहवा ७ स्थित बुलन्दपुरबाट करीव ३० हजार रुपैयाँ बराबरको गुट्खा बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।
posted on 28 Jul 10 @ 20:40 back to news